प्रधानमन्त्रीको संवोधन: चैत्र ९ गतेदेखि विदेशबाट नेपाल आउने जहाज बन्द, चैत १० गतेदेखि सवारीसाधनमा रोक


काठमाडौं । सरकारले चैत ९ देखि १८ गतेसम्म विदेशबाट नेपाल आउने सम्पुर्ण जहाजमा प्रतिबन्ध लगाएको छ।

शुक्रबार साँझ ६ बजेपछि देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने जहाज लगायत सीमा नामाका थप कडाई गर्दै स्वास्थ्य जाँचको ब्यवस्था गर्ने बताएका छन् ।

उनले कोरोना भाइरसबारे देशवासीलाई आतंकित नभई धैर्य राख्न अनुरोध समेत गरेका छन् ।

संवोधानमा प्रधानमन्त्री ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गर्न समेत बताएका छन् ।

यसैगरी, आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको घोषण समेत गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार