काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।
शुक्रबारबाट संसदमा सुरु भएको बजेट अधिवेशनको बैठकमा बोल्दै नेता डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई आफ्नो कमजोर शारिरीक अवस्थालाई मध्यनजर गर्दै पदबाट राजीनामा गरी आराम गर्न आग्रह गरेका हुन ।
पद र कुर्सीमा नबसेर पनि जनतामाझ लोकपृय भएका थुर्पै ब्यक्तिको उदाहरण दिदैं उनले धेरै चिन्ता तवान र दौडधुप नगरी आराम गर्न प्रधानमन्त्री ओलीलाई सुझाएका छन् ।
आफ्ना सासंद अपहरण गरिएको प्रसंग जोड्दै उनले लोकतान्त्रिक मुलुकमा प्रहरीले पीडितको उजुरी नलिनु दुखद भएको बताए । सरकारले सबै निकायहरुलाई धोस्त पार्दै त्रासमा राखेर अलोकतान्त्रिक शैली अपनाएको उनको दावी छ ।
‘हाम्रा कतिपय ब्यवहार र कामका कारण देशको राजनीति र नेताप्रती जनताको निरासा बढ्दैछ उनले भने, बेलैमा हामी सुध्रिएनौं भने अहिलेको ब्यवस्था नै खतरा पर्न सक्छ ।’
कोरोनाका कारण विदेशमा फसेका नेपालीलाई सरकारले फर्काउनेतर्फ पहल गर्न समेत नेता भट्टराईले आग्रह गरे ।
लकडाउनका कारण किसान तथा मजदुरको अवस्था दयनीय बन्दै गएकाले सरकारले उनीहरुका लागि विशेष राहात कार्यक्रम ल्याउनुपर्ने नेता भट्टराईले माग गरे । “लकडाउनमा हामी सांसदहरुले तलब लिइरहेका छौं, तर मजदुरहरुको अवस्था दयनीय छ, उनिहरुको ब्यवस्था गर्नुर्दैन ?” उनले भने ।
बैठकमा उनले एसईईको परीक्षा लिनुपर्ने अब आवश्यकता नभएको बताए । तत्काल एसईई परीक्षा लिन संभव नभएको र लिन आवश्यक समेत नरहेको उनको भनाई छ ।
लकडाउन खुले लगत्तै परीक्षा हुने भनेर सरकारले बिधार्थीलाई तर्साईरहेको भन्दै उनले त्यस्तो नगरी विद्यालयलाई आन्तिरक रूपमा नै मूल्यांकन गरेर आगामी पढाईका लागि बाटो खोली दिन आग्रह गरे ।
Dr.Baburam Bhattrai In Parliament Meeting
जनता समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भटट्राईले संसदबाट प्रधानमन्त्री ओलीको राजीनामा मागे । ओलीले सजिलै कुर्सी छोड्लान त ? Dr.Baburam Bhattrai In Parliament Meeting
Posted by Anmol Media on Friday, May 8, 2020