काठमाडौं । दलित समुदायलाई उखान टुक्कामार्फत होच्याउने राष्ट्रिय सभाकी सदस्य कोमल वलीले अन्तत संसदमै माफी मागेकी छन ।
गत फागुन १८ गते कान्तिपुर टेलिभिजनमा सुरज सिंह ठकुरीले संचालन गर्ने “इट्स माई सो” कार्यक्रममा उनले दलित समुदायको आत्मसम्मानमा चोट पुग्ने गरी अभिब्यक्ती दिएपछि सांसद ओलीको चौतर्फी बिरोध भइरहेको छ ।
यस बिषयमा संसदमा समेत बिरोध भएपछि बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद ओलीले बाध्य भई माफी मागेकी हुन ।
टेलिभिजन कार्यक्रममा सांसद ओलीले कुराकानीका क्रममा “आफु मरे डुमै राजा” भन्ने गलत र विभेदपुर्ण उखान प्रयोग गरेकी थिईन । जुन नेपालको संविधान र कानून विपरितको शब्दावली हो ।
यहि बिषयमा संसदमा माफी माग्दै सांसद ओलीले भनिन, “टेलिभिजन कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउनेगरी प्रयोग गरेकी थिइनँ, त्यो मेरो कुनै पुर्बयोजना पनि थिएन, अचानक उक्त शब्द मेरो मुखबाट निस्यो जसको परिणामबारे म स्वयम अनविज्ञ थिए । मैले प्रयोग गरेको उक्त शब्दले कसैलाई पर्न गएको चोटप्रती म क्षमा याचना गर्दछु ।”
सांसद ओलीले गलत नियतले आफुले उक्त उखान प्रयोग नगरेको प्रष्ट पार्दै त्यहि अभिब्यक्तीलाई इसु बनाएर आफुलाई सामाजिक संजालहरुमा गाली गलौच समेत गरिएको गुनासो गरेकी छन । साथै उनले आफु पनि सिकाइकै क्रममा रहेको र समाजले पनि धेरै कुराहरु सिक्न बाँकी रहेको बताईन ।
तर, एउटा सांसद जस्तो ब्यक्तीले राष्ट्रिय संचारमाध्यमबाट कुनै समुदायको नै आत्मसम्मानमा चोट पुग्नेगरी अभिब्यक्ती दिएको भन्दै दलित अधिकारकर्मीहरुले सांसद ओलीलाई कानुनवमोजिम कारवाही हुनुपर्ने बताइरहेका छन् ।
सांसद ओली आफैपनि लामो समय रेडियो नेपालमा काम गरिसकेकी एक संचारकर्मी पनि हुन । उनले उक्त टेलिभिजन कार्यक्रममा समेत आफुलाई एक कुशल संचारकर्मी भनेर भनेकी छन ।
माफी मागेको भिडियो हेर्नुहोस,
Controversy of Parliament Member Komal Oli
मिडियामार्फत दलित समुदायलाई अपमान गर्ने र होच्याउने सांसद कोमल ओलीले संसदमै यसरि माफी मागिन । तर, कानून अनुसार कारवाही हुनुपर्ने दलित अधिकारकर्मीको भनाई । लाईक, कमेन्ट र सेयर गर्नुहोला ।
Gepostet von Anmol Media am Mittwoch, 13. März 2019
टेलिभिजन कार्यक्रममा के भनेकी थिईन सांसद ओलीले, यो पनि पढ्नुस !