
दाङ । दाङमा बिहीबार बेलुका कोरोना सक्रमण पुष्टि भएका व्यक्ति चार दिनअघि भारतबाट आएको खुलेको छ । उनी जेठ चार गते ३२ जनासँगै कपिलवस्तुको कृष्णनगर नाका हुँदै दाङ पुगेका थिए ।
उनी दाङको घोराही उपमहानगरपालिका ३ का ३७ वर्षीय पुरुष हुन् । उनलाई घरमा पुगेपछि मानव आश्रम सेवा केन्द्र कुइरेपानीमा निर्मित क्वारेन्टिनमा लगेर राखिएको बताइएको छ ।
उनीसँगै आएका अरु ३२ जनाको भने खोजी भइरहेको बताइएको छ ।
बिहीबार बेलुका उनलाई कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५४ पुगेको छ ।









