
काठमाडौं । कारोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा एक र धनुषामा एक गरी दुई जनाको मृत्यु भएको हो ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
कलंकी ट्याङ्ला फाँटका निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै धनुषाको मिथिला बिहारी नगरपालिका ५ का ४५ वर्षीया पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको छ । शनिबार राति मृत्यु भएका उनको कोरोना परीक्षण गर्दा रिर्पोट पोजिटिभ आएको हो ।










