काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले हिन्दू धर्म भित्रको कुसंस्कार अन्त्य नभएसम्म जातीय विभेद नहट्ने बताएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद अध्यक्ष समेत रहेका डा. भट्टराईले पार्टीका दलित नेताहरुसंगको छलफलमा सो कुरा बताएका हुन् । चितवनको भरतपुर महानगरपालिका–४ स्थित दुर्गा मन्दिरमा पुजा गर्न खोज्दा कुटिएर मारिएका ५८ बर्षिय भीमबहादुर विश्वकर्माको न्यायका लागि आन्दोलनको विकल्प नरहेको समेत उनले बताए ।
विश्वकर्माको हत्याबारे जसपाको शिल्पि विशेष प्रदेश अध्यक्ष दलमर्दन कामी र दलित मुक्ति संगठनका उपमहासचिव प्रदिप घतालले तयार पारेको स्थलगत प्रतिवेदन बुझ्दै डा. भट्टराईले भने, ‘हिन्दू धर्मको कुसंस्कार अन्त्य नभएसम्म जातीय विभेद अन्त्य हुँदैन, भिम बहादुर विश्वकर्माको न्यायका लागि आन्दोलनको विकल्प छैन् ।’
डा. भट्टराईले आफु सदैव दलित शिल्पि तथा उत्पिडित समुदायको पक्षमा रहेकाले चितवन घटनाको न्यायका लागि भइरहेका आन्दोलनमा आफ्नो एक्यवद्धता रहेको र सशक्त रुपमा आन्दोलनमा उत्रिन समेत आग्रह गरे ।
मारिएका विश्वकर्माको न्यायका लागि आन्दोलनमा आफ्नो भौतिक उपस्थिती समेत रहने उनले प्रतिबद्धता गरेको शिल्पि विशेष प्रदेश अध्यक्ष कामीले बताए ।
भट्टराईसंगको भेटमा दलित नेता तथा कार्यकर्ताहरुले चितवन घटना लगायत देशभरी भइरहेका दलित शिल्पि समुदायमाथिको हत्या, कुटपिट तथा विभेदका घटनाविरुद्ध सिंगो पार्टी सशक्त रुपमा उत्रिनु पर्ने आफुहरुले आग्रह गरेको अध्यक्ष कामीले बताए ।
सो अवसरमा शिल्पि विशेष प्रदेश सह ईज्चार्ज कमला हेमचुरि, दलित मुक्ति संगठनका प्रदिप घताल शान्त, शिल्पि विशेष मुख्य सचिव डिबि नेपाली , सदस्यहरु रमेश विश्वकर्मा, गोमा भुसाल लगायतको उपस्थिति रहेको थियो ।
असोज २८ गते दशैको नवरात्रिको दिन दुर्गा मन्दिर अगाडि भीम बहादुर विश्वकर्माको स्थानिय दुई जना गैरदलितको कुटाईबाट मृत्यु भएको थियो । विश्वकर्माले मन्दिरमा आफुले पनि पुजा गर्न पाउनुपर्ने बताएपछि उत्पन्न विवादमा स्थानिय सिताराम बस्नेत र दिलिप श्रेष्ठले कुटपिट गरेपछि उनको मृत्यु भएको आफन्तको आरोप छ ।
स्थानिय दलित तथा अधिकारकर्मीहरुका अनुसार उक्त मन्दिरमा दलितहरुले पटक पटक पुजा गर्न पाउनुपर्ने माग राख्दै आएका थिए । उक्त मन्दिरको निमार्ण कार्यमा समेत स्वयम विश्वकर्मा र उनको परिवार सहभागि भएको थियो । घटनामा आरोपित पक्षले भने विश्वकर्माले मदिरा सेवन गरेर होहल्ला र गाली गलौच गरेपछि झगडा हुँदा उनको मृत्यु भएको बताउँदै आएको छ ।
प्रहरीले यस घटनामा जातीय विभेद भए नभएकोबारे अनुसंन्धान भइरहेको बताएको छ । विश्वकर्माको हत्यामा संलग्न बस्नेत र श्रेष्ठलाई प्रहरीले घटना लगत्तै प्रकाउ गरी थुनामा राखेर अनुसंन्धान गरिरहेको छ । घटनामा दोषीलाई कडा कारवाहीको माग गर्दै चितवन लगायत काठमाडौंमा आन्दोलन भइरहेका छन् । ।
डा. भट्टराईलाई बुझाइएको प्रतिवेदन