
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ जनाको को रोना सं क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीया पुरुष, सिराहका २२ वर्षीया पुरुष, पर्साका ६८ वर्षीया पुरुष, धनुषाका ७६ वर्षीया पुरुष र ५३ वर्षीया एक पुरुष गरी ७ जना रहेका छन् ।
योसँगै नेपालमा को रोना सं क्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको स्वास्थ्यत तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।











