कास्की । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपाको चुनावसभा नजिकै बम विस्फोट भएको छ । कास्की(२ को उपचुनावका लागि सम्बोधन भइरहेको बेला चुनावसभा नजिकै पोखराको नयाँ बजारमा बम विस्फोट भएको हो ।
प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला विस्फोट भएको हो । सभा नजिकै रहेको बसपार्कमा भएको विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले बताएको छ ।
पोखरामा यसअघि उम्मेदवारी दर्ताको दिन पनि जिल्ला निर्वाचन कार्यालय नजिकै बम विस्फोट भएको थियो ।












