
काठमाडाैं । पछिल्लो समय कोरोना निको भइ घर फर्किनेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना कोरोना निको भइ घर फर्किएका छन् ।
कोरोना संक्रमणपछि अस्पतालमा भर्ना भएका उनीहरु कोरोना निको भएपछि घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोना निको भइ घर फर्किनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ । यो कुल संक्रमितको ६८ प्रतिशत हो ।












