
काठमाडौं । आज राति १२ बजेबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले भारतीय आयल कार्पोरेसनले नै मूल्य बढाएकाले नेपालमा पनि डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
आज राति १२ बजेबाट डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको छ ।
यसअघि पनि गएको आसार १६ गते निगमले पेट्रोलको मूल्य ५ र डिजेल तथा मट्टितेलको मूल्य २ २ रुपैयाँले वृद्धि गरेको थियो ।















