नेपाल आइडल रवि ओड जापान टुरका लागि काठमाडौं आउदै

काठमाडौं । मातृ शोकको पीडामै रहेका नेपाल आइडल रवि ओड जापान भ्रमणका लागि आज काठमाडौं आउँदैछन ।
“सिङगिङ् रियालिटी सो, नेपाल आइडल” को विदेश भ्रमणको पुर्बयोजना अनुसार जापानमा हुने कन्सर्टका लागि रवि धनगढीबाट आइतबार साँझ विमानमार्फत काठमाडौं आउन लागेका हुन ।

जापान टुरमा नेपाल आइडलका विजेता रवि लगायत फष्र्ट रनर अप बिक्रम बराल र सेकेण्ड रनर अप सुमित पाठक पनि जानेछन । दश दिने जापान टुरका लागि रवि, बिक्रम र सुमित भोली जापान प्रस्थान गर्ने नेपाल आइडल आयोजक एपिवान टिभीले जनाएको छ ।
नेपाल आइडल जितेपछि रविलाई सुदूरपश्चिम प्रदेश सरकारको सम्मान तथा बधाई दिन धनगढी बोलाएपछि रवि पुस ९ गते धनगढी गएका थिए ।

सुदूरपश्चिमको कैलाली र कंचनपुरका विभिन्न स्थानमा रविका लागि गरिएको स्वागत तथा बधाई कार्यक्रममा उनि सहभागी हुंदै खुशी साटीरहेका बेला पुस ११ गते बिहान अकस्मात रविकी आमाको करेन्ट लागेर निधन भएको थियो । जसले सबैलाई स्तब्ध बनाएको छ ।
अहिले पनि रविका शुभचिन्तकहरु उनलाई सम्हालीन ढाडस दिदै सहनाभुती दिइरहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार