
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशामा गरिएको परीक्षणमा १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४३ जना कोरोना निको भइ घर फर्किएका छन् ।












