काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयका कर्मचारीलाई कोरोना देखिएपछि कार्यालयबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ ।
एक जनालाई कोरोना देखिएपछि अन्य कर्मचारीमा पनि लक्षण देखिएकाले परीक्षण भइरहेको कार्यालयले जनाएको छ । कार्यालय खुल्लै भएपनि काम नहुँने बताइएको छ ।
ताहाचालबाट निषेधाज्ञामा पनि काम भइरहेको थियो ।