कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने


काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक भोली बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ ।

कांग्रेसको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने छ। आइतबार गठबन्धनका तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार