काठमाडौं उपत्यकामा थप १ हजार ६९८ जनामा कोरोना पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौँमा मात्रै १ हजार ४६९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी ललितपुरमा १३० र भक्तपुरमा ९९ जना रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभर भने २ हजार ९४२ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए । उनकाअनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार