रमेस प्रसाईले गरे चर्चित संचारकर्मी रवि लामिछानेलाई आर्थिक सहयोग, रविले रमेसलाई टेलिभिजनमा ल्याउदै

काठमाडौं । आफ्नो बोल्ने कलाका कारण चर्चामा रहेका धरानका रमेस प्रसाईले चर्चित संचारकर्मी रवि लामिछानेलाई अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरेका छन ।

पव्लिक स्पिकर नेपाल सिजन दुईका विजेता समेत रहेका रमेसले धरान पुगेका संचारकर्मी रविलाई भेटेर नगद ८० हजार रुपैया सहयोग गरेका हुन । संचारकर्मी रविले कर्णाली प्रदेशको कालीकोटस्थित राजकोटमा १५ सैयाको सामुदायिक अस्पताल निर्माणका लागि अभियान थालेसंगै रविलाई देश विदेशबाट आर्थिक सहयोग जुटिरहेको छ ।

संचारकर्मी रवि र रमेसबीच भेटका अवसरमा एकले अर्काको खुलेरै प्रसंशा गरेका छन ।

रविले रमेसलाई टेलिभिजनमा ल्याउदै

चर्चित संचारकर्मी रविले पव्लिक स्पिकर नेपाल सिजन दुईका विजेता रमेसको टेलिभिजनमा काम गर्ने धोकोबारे आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बचन दिएका छन ।

भेटमा फेसबुक लाइभ कुराकानी गर्दै संचारकर्मी रविले भने, “रमेस जिलाई टेलिभिजनमा ‘टक सो’ संचालन गर्ने ईच्छरहेको कुरा मैले उहाँको अन्तरवार्तामा सुनेको छु, उहाँ एकदमै राम्रो पनि बोल्नु हुन्छ, प्रश्न सोध्ने शैली मलाई राम्रो लाग्छ उहाँको । रमेस जिको टेलिभिजनमा कार्यक्रम संचालन गर्ने ईच्छा पुरा गर्न मेरो तर्फबाट भरपुर प्रयास रहनेछ ।”

रविको उक्त कुरा सुनेपछि रमेस हर्षित भएका छन । आफुलाई टेलिभिजनमा जनचासोका बिषयमा कार्यक्रम संचालन गर्ने ठुलो धोको रहेको कुरा रमेसले सोसल मिडियामार्फत बताईउदै आएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार