
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ७ सय २ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका विभिन्न प्रयोशालामा गरिएको परीक्षणमा थप १ हजार ७ सय २ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा १ हजार ४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जना रहेका छन् ।









