
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५ सय बढी नयां कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौंमा मात्रै १ हजार ८८१ जना संक्रमित थपिएक छन भने ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा संक्रमण पुष्टि भएको छ ।
आज देशैभरी थप ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।










