प्रधानमन्त्रीविरुद्ध फेरी अर्को मुद्धा दर्ता


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेरी अर्को मुद्धा गरिएको छ ।
उनिविरुद्ध निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै दावि गर्दै कांग्रेसले निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो ।

उजुरीमा प्रधानमन्त्री ओलीसंगै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको नाम उल्लेछ । वाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा नेकपा ९एमाले० का उम्मेदवार रामबहादुर थापाको पक्षमा विज्ञप्ति जारी गरेर मत मागेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीविरुद्ध काँग्रेसले उजुरी गर्दा गरेको जनाएको छ ।

दर्ता गरिएको उजुरी उपर अध्ययन गरि आवश्यक प्रकृया अघि बढाइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

“प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ९एमाले० पार्टीको अध्यक्षको हैसियतले र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचार संहिताको ठाडो उलंघन भएको छ”, उजुरीमा भनिएको छ ।

वाग्मती प्रदेशबाट राष्ट्रिय सभामा रिक्त रहेको एक सिटमा आज मतदान अन्त्मि चरणमा पुगेको बताइएको छ भने आजै नजिता समेत सार्वजनिक गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार