
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची डुबाान क्षेत्रमा नजान स्थानियलाई आग्रह गरिएको छ । अविरल बर्षापछि पुरै डुवानमा परेको मेलम्ची बजार क्षेत्रमा अझै खतरा कायमै रहेकाले त्यहाँ नजान स्थानिय प्रशासनले आग्रह गरेको हो ।
मंगलबार रातीदेखि अविरल बर्षापछि बुधबार बिहानै मेलम्ची बजार लगायतको क्षेत्र पुरै डुवानमा परेको थियो ।
बर्षापछि स्थानिय खोलामा आएको बाढीमा परी ७ जनाले ज्यान गुमाएका थिए भने करोठौं बराबरो सम्पत्ती क्षती भएको छ । बाढीले मेलम्ची तल्लो बजारका रहेकाले अधिकांस ठुला पक्कीहरु दुई तलासम्म डुवानमा परेका छन् ।
उक्त क्षेत्रमा पुनह बाढी, पहिरो आउन सक्ने भएकाले स्थानिय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले पनि पानी पर्ने अनुमान गरेकाले मेलम्ची बजारको तटीय क्षेत्रमा गएका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको उनको भनाइ छ ।
पानी पर्न छाडेपछि स्थानीय वासिन्दा डुवानमा परेको आफ्नो घर भएको ठाउँमा जान थालेका थिए । तर प्रहरीले अहिले नजान आग्रह गरिएको हो ।










