आज मध्यरातीबाट लकडाउन खुकुलो हुँदै, पसलहरु खुला, निजी सवारी जोर–बिजोरमा चल्ने

काठमाडौँ । काठमाडौं उपत्यकामा आज मध्यरातीबाट लकडाउन खुकुलो हुने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा आज राती १२ बजेदेखि खुकुलो हुने भएको हो ।

५४ दिन लामो लकडाउन खुकुलो भएपछि जनजिवन बिस्तारै सहज हुने अपेक्षा गरिएको छ । यद्यपी उपत्यकामा भने संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

लामो समयसम्म लकडाउन जारि रहेकाले दैनिक कष्टकर बन्दै गएको र ब्यापार ब्यवसायमा पनि ठुलो क्षती भइरहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गरेर लकडाउन खुकुलो पार्न लागिएको हो ।

उपत्यकाका तीनै सिडिओहरुको बैठकले जारि लकडाउन खुकुलो जार्ने निर्णय गरेका हुन् ।

निर्णयअनुसार सबैखाले पसलहरु बारअनुसार खुल्नेछन् भने निजि सवारी साधन जोर–बिजोर र सिट संख्या निर्धारण गरेर सञ्चालन गर्न दिने तीनै सिडिओहरुको बैठकले निर्णय गरेको छ ।

खुकुलो गरिएको लकडाउनमा भिडभाड हुने सभा सम्मेलन, गोेष्ठी, नारा जुलुस, भोजभते, पठनपाठन, मन्दिरमा पुजापाठ, आउजाउ, फुटपाथ पसल, सैलुन, ब्युटीपार्लर, क्लब, जिमखाना, होटल, पार्टी प्यालेस, सिनेमा हललगायत भने पुर्णरुपमा बन्द नै रहनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार