प्रधानमन्त्रीद्धारा बाढी प्रभावित सिन्धुपाल्चोकमा राहतकार्य अघि बढाउन निर्देशन


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा तत्काल राहातकार्य अघि बढाउन निर्देशन दिएका छन् ।

शुक्रबार नेकपा एमाले वाग्मती प्रदेश कमिटीका प्रतिनिधिमण्डलसंग भेटघाट गर्दै प्रधानमन्त्री ओली बाढीले पुर्‍याएको क्षतिको व्यवस्थापन र राहतकार्य तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।

सिन्धुपाल्चोकको मानविय विपत्तिमा कसैले राजनीति गर्न नहुने ओलीको भनाई छ । बाढी प्रभावित क्षेत्रमा बाटोघाटो, पुल, अस्थायी आवासको ब्यवस्था तत्काल मिलाउन नेताहरुलाई निर्देशन दिएका थिए ।

सिन्धुपाल्चोकमा यो बर्ष असारयता बाढीपहिरोका परी १६ जनाले ज्यान गुमाइसकेमा छन् भने ४ सय बढी परिवार विस्थापित छन् । त्यस्तै ६ वटा मोटर पुल र १३ वटा झोलुंगे पुल नदीले बगाएका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा केहि दिन अघि आएको बाढीले ठुलो धनजनको क्षती गरेको छ । त्यहाँ पीडितहरु अहिले विभिन्न निकायबाट राहात दिने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार