ओलीले नियुक्त गरेका बागमती प्रदेश प्रमुख हटाइए, नेपालले प्रस्ताव गरेका शर्मा नियुक्त

काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आज प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । यसअघि केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई हटाएर शर्मालाई नियुक्त गरिएको हो ।

राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख गरिएको छ ।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रस्तावमा शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो । नेपाल प्रधानमन्त्री हुँदा उनि स्वकीय सचिव थिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार