ललितपुरको मेयरमा गठबन्धनबाट चिरिबाबु महर्जनद्धारा उम्मेदवारी दर्ता

ललितपुर । ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनकातर्फबाट साझा उम्मेदरवारको रुपमा नेपाली काँग्रेसले महर्जनलाई ललितपुरको मेयर पदमा उठाएको हो ।
ललितपुरको जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आज दिउँसो आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

मर्हजन अघिल्लो स्थानीय तह निर्वाचनमा ललितपुरको मेयरमा निर्वाचित भएका थिए । सत्ता गठबन्धनको सहमतीअनुसार ललितपुरको मेयर पद काँग्रेसको भागमा परेपछि काँग्रेसले मर्हजनलाई नै दोहोर्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार