
काठमाडौं। काठमाडौं महानगरपालिकाकका मेयरमा पराजित भएका केशव स्थापितले विजयी बालेन साहलाई आफ्नो सहयोग र खबरदारी दुबै रहेने बताएका छन् ।
काठमाडौँ नगरको विकास र समृद्धिसँगै निर्वाचित मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग र गलतमा खबरदारी रहेने उनको भनाई छ ।
धन्वयादसहितको विज्ञप्ति जारी गर्दै स्थापितले भनेका छन्, ‘काठमाडौँको विकास र समृद्धिसँगै तपाईँले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ । यद्यपि, तपाईँले गरेका रहेक कमजोरीमा भने म निरन्तर खवरदारी अवश्य गरिरहने छु ।’
मेयर निर्वाचित बालेनलाई उनले काठमाडौंवासीले दिएको मतको सम्मान राम्रो काम गर्नेमा आफु आशावादी रहेको स्थापितको भनाई छ ।
‘काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु,पाँच वर्षे कार्यकालमा तपाईँको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु’, एमालेबाट मेयर उम्मेदवार स्थापितले पराजतिपछि जारी गरेको विज्ञप्तिमा भनेका छन् ।
जनताको सेवक भएर काम गर्ने आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न नसकेको भन्दै स्थापितले आफू पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति भएकोले हार-जितलाई सामान्यरुपमा लिएको र काठमाडौंंप्रति अगाध प्रेम रहेको पनि बताएका छन् ।
‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।’
स्थापितले एमालेबाट उपमेयरमा विजेता सुनिता डंगोललाई महानगरवासीको सेवक भएर काम गर्ने विश्वास ब्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
‘लोकप्रिय मतसहित उपमेयर पदमा विजयी हुनुहुने सुनिता डंगोललाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु । तपाईँ आशा बोकेको युवा हो, तपाईँले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुने छ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्न चाहन्छु’, उनले भनेका छन् ।
भिडियो पनि हेरौं












