गगन थापाले भनेः ‘सरकार लामो समय टिक्नेवाला छैन्’


नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बर्तमान गठबन्धन सरकार लामो समय नटिक्ने बताएका छन् । आज पुनः आफ्नो संवाद यात्रा सुरु गरेका सांसद समेत रहेका थापाले पश्चिम नवलपरासी पुगेर यस्तो बताएका हुन् ।
नवलपरासीको प्रतापपुरको सूर्यपुरामा रहेको बीपी कोइरालाको सालिककमा माल्यार्पण गर्दै संवाद यात्रा सुरु गरेका उनले सरकार लामो समय नटिक्ने बताएका हुन् । सरकारमा सहभागी दलहरु जनताको काम भन्दा पनि पद र शक्ती आर्जन गर्न सत्तामा गएको उनको दावी छ ।

‘राजनीतिलाई जनचाहनाअनुसार सेवा गर्ने भन्दा पनि कुर्ची र पावरमा मात्र बस्न चाहने प्रवृत्तिलाई अब जनताले स्वीकार गर्दैनन् । त्यसैले वर्तमान गठबन्धनको सरकार पनि लामो समय टिक्नेवाला छैन्’, थापाले भने ।

महामन्त्री थापाले जनतामा देखिएको निराशाको कारण र प्रत्यक्षरुपमा सर्वसाधारणको समस्यालाई नजिकबाट नियालेर समाधानको योजना बनाउने बताए ।

उनले यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट संवाद यात्राको सुरुवात गरेका थिए भने माघ २२ गते कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशव कुमार बुढाथोकीको निधन भएपछि स्थगित गरेका थिए ।

काँग्रेससहितको सत्ता गठबन्धन टुटेर एमाले, रास्वपासहितको नयां सत्ता गठबन्धन भनेपछि काँग्रेस खरो रुपमा उत्रिएको छ । उसले रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै संसद समेत अवरुद्ध गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार