जिप दुर्घटना हुँदा अछाममा तीनको मृत्यु, तीन घाइते

अछाम । अछाममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अछाम बान्नीगढी जयगढ गाउँपालिका ४ का ३८ वर्षिया कालुसी आउजी, ३ का ३९ वर्षिय अशोक परियार र बैतडी डिलासैन गाउँपालिका ३ का २२ वर्षिय लालबहादुर बोहरा रहेका छन् ।

बुधबार राति रामारोशन गाउँपालिकाबाट जयगढतर्फ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप राति नै बान्नीगढी जयगढ गाउँपालिका वडा ५ कालिकाको लिडि सुकिबागमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी अशोकको  घटना स्थलमै मृत्यु भएको हो भने, अन्य दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ ।

जिप पानी परेकाले कच्चीबाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

दुर्घटनामा परी घाइते हुनेमा बान्नीगढ जयगढ गाउँपालिका वडा नम्बर ४ का तर्कराज तिमिल्सेना, धनगढीका घनश्याम चौधरी र जनजिर चौधरी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार