डोटी । डोटीमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दीपायल सिलगढी नगरपालिका–६, थापलाकी ४२ वर्षीया छत्र मलासीको उपचारका क्रममा मृत्यु भएको हो । डोटीमा डेंगुको संक्रमणबाट ज्यान गएको यो पहिलो घटना हो ।
टाउको दुख्ने,ज्वरो आउने समस्यापछि माया मेट्रो अस्पताल, कैलालीमा भर्ना भएकी मलासीको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । बिषेशगरी बढि देखिने डेंगु पछिल्लो समय पहाडका केहि जिल्ला पनि देखिन थालेको छ ।











