बुटवल । प्रधानमन्त्री प्रचण्डको तस्वीरसहित असंवेदनशील र भ्रमपुर्ण कुरा सामाजिक सञ्जालमा लेख्ने एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–८ रुपन्देहीका टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।
प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्वीरसहित मगरले फेसबुकमा असंवेदनशील कुरा लेखेका थिए । उनले प्रधानमन्त्री प्रचण्डको फोटो दुरुपयोग गर्दै भारतीय आधार कार्ड, आयकर कार्डलगायतमा टाँसेर नक्कली विवरणसहितको तस्वीर बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
साृहि आरोपमा केन्द्रीय साइबर ब्युरोले मगरलाई हिजो राती बुटवल देवीनगरबाट पक्राउ गरि काठमाडौं ल्याएको छ ।
प्रहरीकाअनुसार उनिमाथि साईबर क्राईम सम्बन्धि मुद्दा चलाउने तयारी भइरहेको छ ।