काठमाडौं। काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको चार जनाको सामुहिक हत्या प्रकरणमा संलग्न भनिएका ब्यक्ति आफै प्रहरी चौकी पुगेको खुलेको छ । राती १२ बजे मिलभित्र धारिलो हतियार प्रयोग गरेर चारै जनाको हत्या प्रकरणमा संलग्न भनिएका काठमाडौँ महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई आफै तिनकुने प्रहरी चौकीमा गएको खुलेको हो ।
राईले मिलको हाताभित्र एकै परिवारका तीन जनासहित चारजनाको हत्या गरेको वयान दिएका छन् । उनि घटनालगत्तै ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए । राईले हत्या गर्नुको कारण अहिले नै खुलिनसकेको प्रहरीको भनाई छ । राईका बुबा सोहि मिलमा लामो समयदेखि काम गर्दै आएको र उनि अहिले धनकुटामा रहेको राईले प्रहरीलाई बयान दिएका छन् । उनले मदिरा सेवन गरेको समेत पाइएको छ ।
हत्या हुने चारै जनाको सनाखत भएकोछ । प्रहरीका अनुसार हत्या भएकाहरुमा मिलमा सुरक्षा गार्डको काम गर्दै आएका दोलखाका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५० बर्षिय अम्बिका भुजेल, उनकी आमा अन्दाजी ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई रहेका छन् । नवीन घटनामा संलग्न भनिएका दिप्न्द्रका साथी हुन् । चारैजनाको शव अहिले मुचुल्का उठाएर शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ ।
मिलका संचालक कालीञ्चोक गाउँपालिका ८ दोलखा घर भई हाल गौशाला बस्ने, बालकृष्ण शिवाकोटीको हो ।
सिवाकोटीले भने घटनाबारे प्रहरीले जानकारी दिएपछि मात्रै थाहा पाएको बताएका छन् ।