बानेश्वरको सडकमै सुते राहत शिक्षक


काठमाडौं । आन्दोलनरत राहत तथा अनुदान शिक्षकहरुले बानेश्वरको सडकमा सुतेर विरोध जनाएका छन् । असोज ३ गतेबाट आन्दोलन सुरु गरेका शिक्षकहरुले आज सडकमा सुतेर आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

नेपाल राहत शिक्षेक केन्द्रीय समितिको अगुवाइमा माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेपछि बानेश्वरमा पुगेर उनीहरुले सडकमा सुतेरै विरोध जनाएका छन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार