बझाङमा फेरि ठुलो भूकम्पको धक्का, स्थानिय त्रसित


बझाङ। बझाङमा फेरि ठुलो भुकम्पको धक्का गएको छ । आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भातेखोला केन्द्रबिन्दू बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पटक पटक ठुला पराकम्प जाँदा स्थानिय त्रसित हुँदै घरभित्र पस्न सकेका छैनन् । यही असोज १६ गते बझाङमा एकै दिन ५.३ र ६.३ म्याग्निच्युडको भूकम्प गएदेखि त्यसका पराकम्प रोकिएका छैनन् ।

भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । प्रभावित क्षेत्रमा अधिकांस घरहरु चक्रिएका छन् । कतिपय विधालय भवनहरु भत्किएका छन् ।

भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार