इजरायलमा रहेका नेपालीको उद्धार गर्न देउवाको माग


काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इजरायलमा रहेका नेपालीको जतिसक्दो छिटोे उद्धार गर्न सरकारसँग माग गरेको छ ।

आज सभापति देउवाले एक वक्तव्य जारी गर्दै इजरायलमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्न सरकारसंग माग गरेका हुन् ।
उनले इजरायल आक्रमणको भर्त्सना समेत गरेका छन् ।

‘आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ, देउवाले जारि गरेको वक्तव्यमा उल्लेख छ ।

उनले इजरायलमा कार्यरत नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन छिमेकी देशहरू, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, आप्रवास सम्बन्धी संगठन, अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग पनि आग्रह गरेका छन् ।

जारि वक्तव्य

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार