नागरिक स्वतन्त्रताको माग गर्दै माइतिघर मण्डलामा नागरिक खबरदारी

काठमाडौं । नागरिक स्वतन्त्रताको माग गर्दै माइतीघर मण्डलामा ‘लोकतन्त्रका लागि नागरिक खवरदारी’ गरिएको छ । शनिबार मानवअधिकारकर्मी, नागरिक समाज लगायतले माइतीघर मण्डलामा संविधान पालनका लागि खबरदारी गरेका हुन् ।

खबरदारी अभियानमा सहभागीले नागरिक स्वतन्त्रताको सम्मान गर्न, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन, मानवअधिकार आयोगमाथि हस्तक्षेप नगर्न र न्यायलयको स्वतन्त्रता कायम गर्न माग गरेका थिए ।

उनीहरुले सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने उद्देश्यले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै उक्त विधेयक फिर्ता गर्न समेत माग गरेका छन्।

अभियानमा प्राध्यापक डा.गोविन्द केसी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओम प्रकाश अर्याल, विवेकशील नेपाली दलका उज्जल थापाल, वरिष्ठ पत्रकार हरिहर विरही लगायतको सहभागिता रहेको थियो।

अभियानताले नागरिक स्वतन्त्रताको सम्मान गर, सुशासनको प्रत्याभूति गर, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर, मानव अधिकार आयोगमाथिको हस्तक्षेप बन्द गर, न्यायालयको स्वतन्त्रता कायम गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

उनीहरूले यसअघि पनि मिडिया काउन्सिल विधेयक र मानव अधिकार आयोगको विधेय स्वातन्त्रता विरोधी भएको भन्दै विभिन्न कार्यक्रम गरेका  थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार