
झापा । रास्वपाका वरिष्ठ नेता बालेन शाहले निर्वाचित भइसकेपछि विल्कुल फरक शैलीमा आफ्ना मतदाताहरुलाई धन्यवाद दिएका छन् । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै बालेनले झापा पुगेर आफ्ना समर्थक र मतदाताप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका हुन् । विजय उत्सवमा सहभागी हजारौं सर्मथकहरुलाई बालेनले गाडीमाथि चढेर धन्यवाद लेखिएको ब्यानर देखाएर अहिलेसम्मकै फरक शैलीमा मतदाता, सर्मथकहरुलाई धन्यवाद दिएका छन् ।
बालेन एमाले अध्यक्ष केपी ओलीलाई झण्डै पचास हजारको मतान्तरले पछि पर्दै ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । अब बालेन प्रधानमन्त्री बन्नेछन् ।
रास्वपाले अहिलेसम्म प्रत्यक्षमा देशैभरी ६५ सीट जितिसकेको छ । सरकार निमार्णका लागि स्पष्ट बहुमत ल्याउने अवस्था देखिएपछि बालेन प्रधानमन्त्री हुने पक्का पक्की भएको छ ।









