बारा । सत्तापक्ष दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले बारा र पर्सामा आँधीका कारण मृत्यु भएका परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छ। आँधी प्रभावित क्षेत्रमा रहेका नेकपा अध्यक्ष प्रचण्डले उक्त राहात रकम घोषणा गरेका हुन।
काठमाडौंबाट मंगलबार आँधी प्रभावित क्षेत्रको अवलोकन गर्दै बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतकका प्रति परिवारलाई ५र५ लाख रुपैयाँ दिने घोषणा गरेको प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटा जुगलले जानकारी दिए ।
आँधीले सबैभन्दा बढि धनजनको क्षती गरेको फेटा गाँउपालिका पुगेका प्रचण्डले प्रभावितस्ग प्रत्यक्ष भेटघाट गर्दै संवोधन गरेका थिए ।
“आज बिहान मात्रै प्रधानमन्त्री जीसंग मेरो कुराकानी भएको थियो प्रचण्डले भने, आँधीले नष्ट भएका घरहरु सरकारले बनाइ दिनेछ, त्यो जानकारी म यहाँहरुलाई दिन चाहन्छु । साथै आँधीले घाईते भएकाहरुको सम्पुर्ण उपचार पनि सरकारले नै गरिदिने र बालीनालीमा भएको क्षतीको क्षतीपुर्ती समेत दिने निर्णय भएको कुरा समेत बताउन चाहन्छु ।”
आइतबार साँझ आएको विनासकारी आँधीपछि प्रभावितहरुको अवस्था नाजुक भएको खबर आए लगत्तै प्रचण्ड प्रभावित क्षेत्र पुगेका थिए । प्रभावित क्षेत्रको अनुगमन पश्चात प्रचण्ड आजै काठमाडौं फर्किने उनका पे्रस सल्लाहकार जुगलले जानकारी दिए ।
भिडियो हेर्नुहोस
Prachand speech in Bara District.
प्रचण्डद्धारा आँधीमा मृत्यु भएका प्रति परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा, पीडितको घर निमार्ण र घाईतेको उपचार सरकारले गरिदिने ।
Gepostet von Anmol Media am Dienstag, 2. April 2019