स्वास्थ्यमा समस्या भएपछि जापानका प्रधानमन्त्री सिन्जोले दिए राजीनामा


जापान । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । बिरामी भएपछि उनले पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिएका  हुन् ।

६५ वर्षीया उनले आज राष्ट्रका नाममा सम्बोधन गर्दै  राजीनामा घोषणा गरेका छन् ।

केहि समय अघिदेखि स्वास्थ्यमा समस्या भएका उनले आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर राजीनामा दिएकाे बताएका छन् । लगातार दुई पटक अस्पताल गएपछि उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी गरिएको छ।

यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए। आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्।

आबे जापानमा सबैभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार