सरकारी वकिलको कार्यालयमा रविको वयान जारी,माइतीघरमा प्रर्दशन


काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेको सरकारी वकिलको कार्यालय काठमाडौंमा वयान भइरहेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो साँझ काठमाडौं ल्याएर आज बिहान काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयमा वयानका लागि उपस्थित गराइएको हो ।

लामिछानेमाथि काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अनियमितता गरेको आरोपमा लामिछानेसहित उनका गोर्खा मिडिया नेटवर्कका संचालक पूर्व डीआईजी छविलाल जोशी सहित ब्यक्तिहरु विरुद्ध मंसिर २ गते पक्राउ पुर्जी जारी भएको थियो । स्वर्णलक्ष्मी सहकारीको रकम अनियमितता आरोपमा छविलाल र कुमार रम्तेललाई कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याई वयान लिएर पुनह पोखरा फिर्ता गरिसकिएको छ ।

प्रहरीले स्वर्णलक्ष्मी सहकारीको बरामद गरेको कागजातहरूबाट लामिछाने र जिबी राईले गाडी खरिदका दुई पटक गरेर ४६/४६ लाख रुपैयाँ लिएको भेटिएको थियो । लामिछाने र राईको संंयुक्त बैंक खातामा स्वर्णलक्ष्मी सहकारीबाट रकम प्रवाह भएको प्रहरी अनुसंन्धानमा खुलेको छ । यहि बिषयमा वयान लिन प्रहरीले लामिछानेलाई काठमाडौं ल्याएको हो ।
पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन प्रकरणमा लामिछानेलाई कात्तिक २ गते आफ्नै पार्टी कार्यालय वनस्थलीस्थितबाट पक्राउ परेका थिए ।

लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ। उनलाई बुटवल लगेर सुप्रिमको सहकारीको रकम ठगीबारे वयान लिइसकिएको छ । सहकारी ठगीको मुख्य आरोपमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले संगठित अपराध र सम्पत्ती शुद्धिकरणमा पनि अनुसन्धान गरिरहेको छ ।

अनुसंन्धानका क्रममा प्रहरीले सहकारीको ऋण तिर्न लामिछानेले दर्जनौं चेकहरु काटेको प्रमाण बरामद गरेका खबरहरु बाहिर आइसकेका छन् । त्यस्तै प्रहरीले लामिछाने र उनकी पत्नी निकिता को खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि गम्भिर रुपमा अनुसंन्धान गरिरहेको जनाएको छ ।

विभिन्न सहकारी ठगीको आरोपमा अनुसंन्धान गर्न लामिछानेलाई पाँचौं पटक अदालतबाट १५ दिनको म्याद थपिएको छ ।
लामिछानेले आफुमाथि लागेको सम्पुर्ण आरोपको इन्कारी वयान दिदै आएको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार