
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा क्रान्तिकारि माओवादीका महासचिव मोहन वैद्यलाई भेटेर स्वास्थ्यबारे जानकारी लिएका छन् । स्वास्थ्यमा समस्या आएपछि हिजो काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका वैद्यलाई आज बिहान प्रचण्डले भेटेर स्वास्थ्यबारे जानकारी लिएका हुन् ।
अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको प्रचण्डलाई जानकारी गराएका छन् ।
अध्यक्ष प्रचण्डले वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।
दम र दम रोग पीडित वैद्यलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।













