
काठमाडौं । चौतर्फी विरोधपछि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले छोडेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले उनलाइ आफन्तीको जिम्मा लगाइएको बताएका छन् । उलाई सुरक्षा थ्रेट कायमै रहेकाले घरमै सुरक्षा दिनेगरी आफन्त जिम्मा लगाइएको एसपी कार्कीले बताए । राज्यशक्तिको दुरुपयोग गर्दै पक्राउ पुर्जी बिना मध्यरातमा घरबाटै र्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले उठाएको भन्दै चौतर्फी विरोध भएको थियो।
आज बिहान करिब ३ बजे जबरा र उनका परिवारका सदस्यहरू सुतिरहेका बेला प्रहरी उनको महाराजगञ्जस्थित निवासमा पुगेर नियन्त्रणमा लिएको थियो । जबरालाई भेट्न भएको मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न दिउको थिएन ।
काठमाडौंको टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको गेटमा करिब ४५ मिनेट कुर्दा पनि प्रहरीले भेट्न नदिएपछि आयोगको टोली फर्किएको थियो ।











