काठमाडौं । श्रीलंकामा इस्टर सन्डेको बेला श्रृंखलावद्ध विष्फोटको विषय निकै चर्चा भएको थियो । कस्ले किन विस्फोट गरेको हो भन्ने विषयमा सबैले फरक फरक विचार व्यक्त गरेका थिए ।
इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बगदादीले भिडियो र्साजनिक गर्दै त्यो घटाना आफुले गरेको बताएका छन् । भिडियोमा बगदादीले इराकमा हारेको बदला लिन श्रीलंकामा श्रृंखलावद्ध बम विस्फोट गराएको बताएका छन्।
भिडियोमा उनले इराकको बागुजमा लडाइँ समाप्त भए पनि अझै धेरै कुरा गर्न बाकी रहेको पनि प्रष्ट पारेका छन् । उनले आइएसको कब्जामा रहेका क्षेत्र गुमाउनु परेको र त्यसको बदला लिरै छोड्ने चेतावनी समेत दिएका छन् ।
भिडियोमा अल–बग्दादीले आइएसको नियन्त्रण रहेको अन्तिम क्षेत्रका रुपमा रहेको बाघुजमा भएको हार पनि स्वीकार गरेका छन् ।
भिडियो कहिले रेकर्ड गरिएको भन्ने स्पष्ट नभएपनि आइएसले भने अप्रिलमा लिइएको भिडियो रहेको बताएको छ । आइएसको अल–पुक्र्वान मिडियान नेटवर्कमा भिडियो पोस्ट गरिएको हो ।