बच्चालाई अस्पताल छोडेको आरोपमा पूर्वसभासद गायत्री शाह पक्राउ

काठमाडौं । बच्चालाई अस्पताल छोडेको आरोपमा प्रहरीले पूर्वसभासद गायत्री साहलाई पक्राउ गरेको छ । साहले फागुन २८ गते देखि बच्चालाई अस्पताल छोडेको अस्पतालको उजुरीका आघारमा पक्राउ गरेको हो ।

साहले फागुन २८ मा ललिपुरको मेडिसिटी अस्पतालमा छोरालाई जन्माएकी थिइन् । उनको बच्चामा डाउन सिन्ड्रोम देखियो छ । शाहले अस्पतालको लापरवाहीका कारण आफ्नो बच्चामा यस्तो समस्या देखिएकाले सम्पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने भन्दै बच्चालाई अस्पतालमै छोडेकी छन् ।

शाह परिवारले बच्चा गर्भमै भएका बेला अस्पतालले राम्रो जाँच नगरेकाले बच्चामा यस्तो समस्या देखिएको आरोप लगाएका छन् । यस अघि पनि गायत्रीका श्रीमान् राजेश महतोले अस्पतालमा धर्ना दिएका थिए ।

फागुन  २८ देखि बच्चा अस्पतालमै रहेको र परिवारले बच्चालाई घरमा लिन नआएको भन्दै अस्पतालले प्रहरीलाई उजुरी गरेको थियो । अस्पतालको उजुरीका आधारमा आइतबार प्रहरीले शाहलाई पक्राउ गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार