प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन सहयोग गर्छु – राष्ट्रियसभाका अध्यक्ष

काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन आफूले सक्दो सहयोग गर्ने बताएका छन् । सोमबार दिउंसो पत्रकार महासंघले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै उनले भने, “संघीय संसदमा प्रस्तावित मिडिया काउन्सिलसम्बन्धि विधेयकबारे पत्रकार महासंघका पदाधिकारी र सरोकारवाला निकाय सबैसँग पर्याप्त छलफल गरिनेछ, त्यसका लागि मेरो सक्दो सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्दछु ।”

अध्यक्ष तिमिल्सिनाले विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउनका लागि संशोधन प्रस्ताव दर्ता गराउन राष्ट्रियसभाका सांसदहरुलाई आग्रह गर्न समेत महासंघलाई सुझाव दिएको छ ।
“लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका पुरक हुन उनले भने, विधेयकका बिषयमा संघीय संसदमा ब्यापक छलफल गरेर मात्रै पास गरिनेछ ।”

भेटमा महासंघका अध्यक्ष गोविन्द आचार्यले भने महासंघसहित सरोकारवाला निकायसँग छलफल नै नगरी ल्याइएको सो विधेयक रोक्न अध्यक्ष तिमिल्सिनाको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

सो विधेयकमा ‘कुनै व्यक्तिको मानहानी हुनेगरी समाचार सम्प्रेषण गरिए १० हजारदेखि १० लाखसम्म जरिवाना हुने’ प्रावधान राखिएकोप्रती नेपाल पत्रकार महासंघले घार आपत्ति जनाउदै साताब्यापी आन्दोलनमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार