काठमाडौं । आज असार १५, १६ औं राष्ट्रिय धान दिवस विभिद कार्यक्रमका साथ मनाइँदै छ । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउर्दै आएको छ ।
हरके वर्ष काठमाडौं र आसपासका क्षेत्रमा सरकारले भव्य रुपमा धान दिवस मनाउने गर्दथ्यो । तर, यो वर्ष भने राजापुर नगरपालिका ८, बर्दियामा गरिदै छ ।
कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव), कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङ, सांसदलगायतको टोली बर्दिया पुगेको छ ।
तर, यो वर्ष समयमै पानी नपरेका धेरै ठाउँमा रोपाई गर्न बाँकै नै छ ।
भिडियो