काठमाडौं । श्रीलंका सरकारले शुक्रबार साँझदेखि देशभर कर्फ्यूको घोषणा गरेको छ।
विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम गर्न राष्ट्रपति गोटबाया राजपक्षले शुक्रबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गरेका हुन्।
कर्फ्यू जारी भएसँगै त्यहाँ सार्वजनिक यातायात र महत्वपूर्ण सेवाहरू मात्रै सुचारू गर्ने बताइएको छ। श्रीलंकामा अहिलेसम्म ५३ जना कोरोना संक्रमित बिरामीहरू छन्।
यसअघि श्रीलंकाले सबै अन्तर्राष्ट्रिय उडानहरू बन्द गरेको थियो। गत बिहीबार देखि संसदिय चुनावलाई पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो।










