भोजपुर । प्रहरीको गोली लागेर घाईते भएका विप्लव समुहका कार्यकर्ताको मृत्यु भएको छ । मंगलबार भोजपुरको धोद्रे जंगलमा दुबैपक्षबाट गोली हानाहान भएपछि प्रहरीको गोली लागेर भोजपुरको षडानन्द नगरपालिका २ का ३२ वर्षिय तीर्थराज घिमिरे घाईते भएका थिए । घाईते घिमिरेको गएराती २ बजेतीर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भोजपुरको टेम्के मैयुङ्ग गाउँपालिका–२ स्थित धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरी र विप्लव कार्याकताबीच गोली हानाहान भएको भोजपुर प्रहरीले बताएको थियो ।
गोली लागेर घाईते भएका घिमिरेको थप उपचारका लागि ल्याँउदै गर्दा उनको बाटैमा मृत्यु भएको भोजपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए ।
घाईतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउदै गर्दा भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै पहिरो खसेका कारण बाटो अवरुद्ध भई समयमै अस्पताल पुर्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।
नियन्त्रमा लिई मारियो- विप्लव समुह
प्रहरीसंग दोहोरो गोली हानाहाना हुँदा घाईते भई घिमिरेको मृत्यु भएको बताइए पनि विप्लव समूहले भने आफ्ना कार्याकर्ताको हत्या गरेको आरोप लगाएको छ । प्रहरीसँग आफुहरुको कुनै मुठभेड नभएको विप्लव समुहका एक जिल्ला तहका नेताले बताएका छन् । प्ररहीले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिई हत्या गरेको भन्दै उनले आक्रोस पोखे ।
१५ दिन अघिमात्रै विप्लव समुहमा
प्रहरीको गोली लागेर मृत्यु भएका विप्लव कार्याकर्ता तीर्थराज घिमिरे १५ दिन अघिमात्रै विप्लव समुहमा लागेको खुल्न आएको छ ।
यो पनि पढ्नुहोस