विप्लवद्धारा कञ्चनपुर,अछाम र डडेल्धुराका वडा कार्यालयमा ताला,केहीठाउँमा संकास्पद वस्तु भेटियो

काठमाडौं । विप्लव समूहका कार्यकर्ताले सदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा तालाबन्दी गरेका छन् । स्थानीय तहमा बढ्दै गइरहेको भ्रष्ट्राचार र मनपरी रुपामा भइरहेका गतिविधिका विरुद्ध तालाबन्दी गरिएको हो ।

सेती महाकाली व्यूरोको नाबाट तालाबन्दी गरिएको बताइएको छ । स्थानीय तहले गर्ने काम र त्यसको गुणस्तरीयतामा पनि उनीहरुको प्रश्न उठाएका छन् । स्थानीय तहको विकासमा आफै सरिक हुने भन्दै गठन गरिएका स्थानीय तहले गुणस्तरीय काम गर्न नसकेको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

आफुहरुले शान्तिपूर्ण तरिकाले जनताको माग उठाउदा राज्य पक्ष दमनमा उत्रिएकाले त्यसको प्रतिरोध गर्न तालाबन्दी गरेको विप्लव समूहका कार्यकर्ताले बताएका छन् । ठाउँ ठाउँमा आफ्ना कार्यकर्तालाई सरकारले दमन गरेको भन्दै उनीहरुले आपत्ति समेत जनाएका छन् ।

कञ्चनपुरका ९ वटै स्थानीय तहमा तालाबन्दी

विप्लव समूहका कार्यकर्ताले कञ्चनपुरका नौ वटै स्थानीय तहमा तलाबन्दी गरेका छन् । नाै वटै स्थानीय तहका कार्यालयमा तालबन्दी गरेका छन् ।

सरकार गठन भएपछि दुई जना कार्यकर्ताको निमर्म हत्या गरिएको र पाँच सय बढी नेता कार्यकर्तालाई पक्राउ गरी यातना दिइएकाले पनि स्थानीय तहमा तलाबन्दी गरिएको बताइएको छ ।

स्थानीय तहले रकमको सहि सदुपयोग गरी जनतालाई सेवा दिनुपर्नेमा, आफै पैसा लुट्ने, अनियमितता गर्ने जस्ता काममा लागेकाले त्यसको विरोध गरिएको छ ।

अछाममा के भयो ?

विप्लव समूहका कार्यकर्ताले अछाममा पनि १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। उनीहरुले जिल्लाको मंगलसेन नगरपालिकाको १ कुन्तीबण्डाली, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्बर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर २ भुलु र ७ तोषी, पञ्चदेवल विनायक नगरपालिकाको ९ कालेकाँडा, ८ बारला, ५ लयाँटी र ७ पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर ३ शान्तडा, ४ बाटुलासैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

उनीहरुले पार्टीको घोषित नीति अन्तर्गत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम अनुरुप आफुहरुले तालाबन्दी गरेको बताएका छन् ।

डडेल्धुरामा शंकाशपद बस्तु भेटियाे

डडेल्धुराको परशुराम नगरपालिकाका विभिन्न वडामा बम भेटिएका छन् । परशुराम नगरपालिका– ९ को गाइबाधे र १० को कुर्मुल्ले वडा कार्यालयमा आइतबार बिहान शंकास्पद वस्तु छाडेर तालाबन्दी गरेको हो ।

अज्ञात समूहले सोही वडाको ७ र ८ मा तालाबन्दी गरिएको छ ।  परशुराम नगरपालिकामा तालाबन्दीसँगै प्लास्टिकमा बेरेर बमजस्तै देखिने शंकास्पद वस्तु राखिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार