योगेश भट्टराईले यसरि लिए पर्यटनमन्त्रीको सपथ

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको सपथ लिएका छन् ।
नेकपाका युवा नेता भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पर्यटनमन्त्रीमा नियुक्त गरेपछि राष्ट्रपति भण्डारीबाट सपथ लिएका हुन ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए ।

नवनियुक्त मन्त्री भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यो पनि पढ्नुस,

प्रधानमन्त्री ओलीले वचन पुरा गरे 

नेकपाका युवा नेता योगेश भट्टराईले पर्यटनमन्त्रीको सपथ लिँदै

हाम्रा भिडियो सामाग्रीहरु पनि हेर्नुहोस

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार