काठमाडौं । काठमाडौंको मुटु मानिने माइतीघरमा बम भेटिएको छ । माइतीघर मण्डलास्थित सेन्टजेभियर्स कलेज अगाडि बुधबार बिहानै सकेट बम फेला परेको प्रहरीले जनाएको छ ।
बम राखेको स्थान पनि नेपाली सेनाको मुख्यालय भद्रकाली नजिकै रहेको छ।
महानगरीय पहरी परिसरका प्रमुख उत्तमराज सुवेदीका अनुसार भेटिएको शंकास्पद वस्तु सकेट बम भएको बताइएको छ ।
बम भेटिएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको छ ।
बम कसले राख्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।










