काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपालमै पाइलट उत्पादन गर्नेगरी नयां योजना सार्वजनिक गरेका छन् ।
बुधबार आफ्नै मन्त्रालयमा पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री भट्टराइले नेपालमै पाइलट उत्पादनका लागि उडड्यन विद्यालय (फ्लाइङ स्कुल) स्थापनाको नयाँ योजना सार्वजनिक गरेका हुन।
“फ्लाइङ स्कुल स्थापन गरी देशभित्रै पाइलटहरू उत्पादन गर्ने योजना छ उनले भने, त्यसका लागि बिस्तृत योजना केहि दिनमा सार्वजनिक हुन्छ, त्यस्तो स्कुलमा आवश्यक तालिमको व्यवस्था गरिनेछ ।”
५० लाख भन्दा खर्च गरेर पाइलट पढ्न विदेश जानुपर्ने अवस्था रहेको बताउदै उनले सोभन्दा कम खर्चमा देशभित्रै पाइलट अध्ययनको व्यवस्था गर्न सकिने बताए ।
विद्यालय स्थापनाका लागि सरकारले केही लगानी गर्ने र अन्य लगानी वायु सेवा कम्पनीहरूबाट जुटाइने समेत मन्त्री भट्टराइले योजना सुनाए ।










